काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । आज दिउँसो दुई बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।
सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान गर्दै प्रधानमन्त्री ओलीले मार्ग प्रशस्त गर्न लाग्नुभएको हो ।
हिजोको सर्वोच्चको फैसला कानूनी र संवैधानिक नभई राजनीतिक ढंगले आए पनि त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनुभयो । उहाँले केपी ओलीलाई संसदीय र जनमतको प्रक्रियाबाट हटाउन नसकिएपछि अदालतको फैसला प्रयोग गरिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आज सर्वोच्चको फैसला तथा अहिलेसम्म सरकारले गरेका काम तथा आगामी विषयमा समेत आफ्नो धारणा देशवासीका नाममा राख्ने तयारी गर्नुभएको बताइएको छ । प्रधानमन्त्री ओलीले देशवासीका नाउँमा सम्वोधन गर्दै बालुवाटार छाड्ने तयारी गर्नुभएको बताइएको छ ।