काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा देशबासीका नाममा सम्बोधन गर्नुहुने कार्यक्रम रहेका कारण स्थायी कमिटी बैठक स्थगन भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभएको छ । सो एमालेको बस्ने भनिएको स्थायी कमिटी बैठकमा कार्यदलले तयार पारेको दश बुँदे सहमति पत्र अनुमोदन गर्ने लगायत सर्वोच्च अदालतले गरेको फैसला उपर औपारिक छलफल गरिने जनाइएको थियो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको फैसलाको भोलिपल्ट बस्ने एमालेको बैठकले असाधारण निर्णय लिने बताउनुभएको थियो । सर्वोच्च अदालतको फैसलापछि बस्न लागेको बैठकलाई चासोका साथ हेरिएको थियो ।