काठमाडौं । नेकपा एमाले कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुत्ला दहन गरेका छन् । उनीहरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् ।
सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएलगत्तै नेकपा एमालेका युवा नेता महेश बस्नेतले आदेशविरुद्ध सडकमा उत्रिन नेता, कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको थियो ।
उहाँले माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सर्वोच्च अदालतले गैरसंवैधानिक काम गरेको बताउनुभयो । सर्वोच्चको आदेश आएलगत्तै पनि एमाले कार्यकर्ताले जबराको पुत्ला जलाउने तयारी गरेका थिए । तर प्रहरीले अवरोध गरेका कारण रोकिएको थियो । साँझ बानेश्वरमा भेला भएका एमाले कार्यकर्ताले फेरि पुत्ला जलाएका हुन् ।