काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २ हजार ३७० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी जम्मा २ हजार ३७० जना कोरोना भाइरसको संक्रमित भएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप १ हजार १३३ जना निको भएका छन् । अहिलेसम्म ९४.५० प्रतिशत सङ्क्रमित निको भएका छन् ।
नेपाल कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ । तीमध्ये हालसम्म ९ हजार ४०० जनाको मृत्यु भएको छ भने ६ लाख २१ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।




















