काठमाडौं । नेकपा एमालेका नेता एवं युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले सर्वोच्च अदालतको फैसला स्वीकार्य नभएको बताउनुभएको छ । उहाँले अदालतको फैसलाविरुद्ध माइतीघर मण्डलामा विरोध प्रर्दशनमा जम्मा हुन आग्रह गर्नुभएको छ । व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङवाला केही न्यायमूर्तीका नामधारीहरुले हातमा लिएको भन्दै सवै अधिकार प्रयोग गर्ने सर्वोच्चको फैसला नमान्ने उहाँले बताउनुभयो । नेता बस्नेतले भन्नुभयो, ‘काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेश कार्यान्वयन हुनै सक्दैन ।’ अदालतले राजनीतिक दलको आडमा, विदेशीको ईसारामा, विभिन्न शक्तिले भने बमोजिम निर्णय गरेकोमा आफुहरुको आपत्ति भएको बताउनुभयो । विदेशी शक्तिको बलमा आएको निर्णयका विरुद्धमा आफुहरु देशव्यापी आन्दोलनमा उत्रिने उद्घोष गर्नुभएको छ ।
त्यसैगरी नेकपा एमाले नेतृ शान्ता चौधरीले संसद पुर्नस्थापनापछि टिप्पणी गर्दै सर्वोच्चमा अराजकता मौलाएको बताउनुभएको छ ।
संसद पुनस्र्थापनाको फैसलापछि सामाजिक सञ्जालमा उहाँ लेख्नुहुन्छ, ‘अदालतको अराजकता ? संसदीय शासन व्यवस्थामा निर्दलीयता स्वीकार्य कसरी होला ?’