काठमाडौँ । हिजो (आइतबार) स्थगित भएको सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक आज अपराह्न ५ बजे बस्ने भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।
आजको बैठकमा स्थायी कमिटीका सबै सदस्यहरूलाई बोलाइएको छ । आइतबार एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक डाक्नुभएको थियो । तर एमाले कार्यदलको बैठकको निर्णयपछि बस्ने भन्दै आजका लागि बैठक बोलाइएको थियो । आइतबार राति पार्टी विवाद समाधान गर्न बसेको कार्यदलले १० बुँदे सहमति गरेको छ । आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह पनि सहभागी हुने पार्टी स्रोतले जानकारी दिएको छ ।