काठमाडौँ । नेकपा (एमाले) को विवाद समाधान कार्यदलमा सहमति भएको छ । केहीबेर अघि सकिएको कार्यदलको बैठकमा विवादित विषयमा सहमति भएको एमालेका सचिव एवं कार्यदलका सदस्य गोकर्णराज विष्टले जानकारी दिनुभयो ।
आइतबार अबेरसम्म बसेको कार्यदलको बैठकमा १० बुँदे सहमति भएको नेता गोकर्णराज विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यदल बैठकमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्र नेतृत्व तहमा पेस गरिने उहाँले जनाउनुभयो ।
आज सहमति भएमा स्थायी कमिटीबाट अनुमोदन गराउने तयारी गरेर दिउँसो ४ बजेका लागि राखिएको स्थायी कमिटीको बैठक सोमबारसम्मका लागि सारिएको छ भने पार्टीको केन्द्रीय कमिटीको बैठक असार २९ गते बिहान ११ बजेका लागि डाकिएको छ । एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।
हेर्नुहोस् कार्यदलमा भएको १० बुँदै सहमतिपत्र