काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । चार बजे बालुवाटारमा बोलाइएको सो बैठक एकता जोगाउन गठित कार्यदलको बैठक लम्बिएपछि सोमबार साँझ बस्नेगरी स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । ‘एकताका लागि थप पहलकदमी लिन बैठक स्थगित गरिएको छ’, उहाँले बताउनुभयो ।