काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । सिंह्दरबारस्थित अर्थमन्त्रालयमा सुरु भएको हो ।
सो बैठकमा एमाले अध्यक्ष ओली र नेता नेपाल पक्ष दुवैतर्फका सदस्यहरुको उपस्थिति रहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका प्रेस संयोजक भुवन केसीले जानकारी दिनुभयो ।
हिजो साँझ उपप्रधानमन्त्री पौडेल मन्त्रिपरिषद बैठकमा व्यस्त भएकाले औपचारिक बैठक बस्न सकेन । नेताहरुले हिजो साँझ १० दिनयता पार्टीमा सहमति कायम गर्ने बिषयमा कुनै सहमति नभएको प्रतिक्रिया दिए पनि आजको बैठकले पार्टी एकताबद्ध भएको सन्देश दिने आशा गरिएको छ ।
एमालेले आन्तरिक विवाद मिलाउन कार्यदलका दसजना सदस्यहरु रहेको कार्यदल गठन गरेको छ । कार्यदलमा एमाले अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनुभएको छ भने नेपाल पक्षबाट भिम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएको छ ।