काठमाडौँ । नेकपा माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जाँदै हुनुहुन्छ ।
नेता टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्वमाओवादी नेताहरु प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज निर्वाचन आयोग जान लाग्नुभएको हो । नेता लेखराज भट्ट भने विरामी भएकाले जान नसक्ने स्वकिय सचिव हितेश ओझाले बताउनुभयो ।
अधिवक्ता सरोज बुढाथोकीले पूर्व माओवादी नेताहरुले माओवादी केन्द्र दल दर्ता खारेजीको मागसहित निवेदन दर्ता गराउनुभएको थियो ।
नेताहरु माओवादी केन्द्र दल दर्ता खारेजीको विषयमा आयोगले के गर्दै छ र प्रक्रिया कहाँ पुग्यो भनेर बुझ्न आयोग जान लागेको बताउनुभएको छ ।