काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आइपिओ) खुला भएको छ । सो सेयर (आइपिओ) खरिदका लागि बिहीबारदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले प्रतिसेयर सय रूपैयाँका दरको ६४ लाख ५० हजार कित्तामध्ये पाँच प्रतिशत (तीन लाख २२ हजार पाँच सय कित्ता) सामूहिक लागनी कोषको लागि बाँडफाँट गरेको र जारी पुँजीको पाँच प्रतिशत (तीन लाख २२ हजार पाँच सय कित्ता) कर्मचारीको लागि बाँडफाँट गरिएको जनाएको छ । बाँकी ५८ लाख पाँच हजार कित्ता साधारण सेयर बिहीबारदेखि सर्वसाधारणमा बिक्री खुला गरेको छ । उक्त सेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको हालको जारी पुँजी दुई अर्ब १५ करोड रूपैयाँ छ। कम्पनीको साधारण सेयरको लागि असार २८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा साउन ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।