काठमाडौँ । माओवादी छाडेर नेकपा एमालेमा लाग्नुभएका नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्नुभएको छ । अवैधानिक पार्टीले आफूहरुलाई कारबाही गरेको भन्दै उहाँहरु निर्वाचन आयोगमा उजुरी दिनु भएको छ ।
२०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै रामबहादुर थापा (बादल) लगायत नेताहरुले आयोगमा उजुरी दिन लाग्नुभएको हो । सर्वोच्च अदालतले २३ फागुनमा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेपछि नेकपा एमालेमा लाग्नुभएका कारण तत्कालील प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई माओवादी केन्द्रको नाममा कारबाही गरेको थियो ।
त्यही कारणका कारण उहाँहरुको सांसद पद गएको थियो । अवैधानिक पार्टीले गरेको कारबाहीका कारण जनताबाट निर्वाचित आफूहरुको पद गएको उहाँहरुको दाबी छ । अवैधानिक पार्टीले आफूहरुलाई कारबाही गर्नै नमिल्ने उहाँहरुको भनाइ छ ।




















