काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास गरी सबै पेट्रोलियम पदार्थहरुको मूल्य वृद्धि गरेको हो ।
आज रातिबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाको हवाई इन्धनमा प्रतिलिटर दुई–दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको छ । आयल निगमका अनुसार अब पेट्रोल १२९ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टीतेल ११२ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यसैगरी आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर, अन्तर्राष्ट्रिय वायु सेवाको इन्धन ७५४ डलर प्रतिकिलोलिटर भएको छ । यसका साथै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपैयाँ पुगेको छ ।