काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप आजदेखि लगाइने भएको छ । यसअघि पहिलो मात्रा खोप लगाएका ६० देखि ६४ वर्ष उमेरका व्यक्तिलाई भेरोसेल खोपको दोस्रो डोज दिन लागिएको हो ।
स्वास्थ्य मन्त्रालयले काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकेको छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई/दुई स्थानमा खोप केन्द्र तोकेको हो ।
स्वास्थ्य कार्यालय काठमाडौंले कोरोनाको दोस्रो डोज खोप असार २४ गतेसम्म दिइने जनाएको छ । तोकिएका जनस्वास्थ्यका मापदण्ड पालना गरेर आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन सकिने व्यवस्था गरेको कार्यालयले जनाएको छ ।
तपशिलका स्थानहरुमा जानुहोस् दोस्रो डोज खोप लगाउन :


























