काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग संवाद गर्नुहुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री ओलीले राष्ट्रपति जिङपिङसँग भर्चुअल प्रविधिमार्फत् संवाद गर्नुहुने भएको हो ।
प्रधानमन्त्री ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग चिनियाँ राष्ट्रपति सीले भर्चुअल संवाद गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयका अनुसार जुम मिटिङमार्फत हुने भर्चुअल कुराकारीमा प्रधानमन्त्री ओलीसहित एमाले नेताहरुसमेत सहभागी हुनुहुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनले पछिल्लो समय छिमेकी तथा मित्रराष्ट्र मुलुकका नेता तथा सरकार प्रमुखसँगको छलफल तथा संवादलाई निरन्तरता दिएको छ । सोही क्रममा नेपालका प्रधानमन्त्री ओलीसँग पनि संवाद हुन लागेको बताइएको छ ।