काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको १३ औं बैठक वालुवाटारमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ को कमिटी अनुसार वैठक बोलाएपछि उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका छन् ।
साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको स्थितिमा पुगेपछि नेता गौतमले छुट्टै अभियान चलाउँदै एकताका लागि दवाव दिँदै आएका थिए । एमाले र माओवादी छुट्टिएपछि पनि एमालेभित्र विवाद कायम रहेकाले यसअघिका वैठकमा सहभागी नभएका गौतम आजको वैठकमा भने सहभागी भएका छन ।
अध्यक्ष ओलीले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वीकारेर बैठकमा सहभागी हुन नेताहरुलाई पत्र पठाएपनि माधव नेपाल–झलनाथ खनाल समूह भने वैठकमा सहभागी भएको छैन । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सवै नेताहरुलाई नवौं महाधिवेशनबाट निर्वाचित पदीय हैसियत सम्बोधन गरेर पत्र पठाइएका थिए ।