काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपतिले राष्ट्रिय सभामा सम्वोधन गर्ने इच्छा व्यक्त गरेपछि सचिवालयले आइतबार वा सोमबारका लागि सम्बोधन गर्ने गरी तयारी थालेको बताइएको छ ।
संविधानको धारा ९५ अनुसार राष्ट्रपति भण्डारीले राष्ट्रिय सभालाई सम्बोधन गर्न लाग्नु भएको हो । आजबाट शुरु हुने हिउँदे अधिवेशन अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेबारे जानकारी गराउनु भएको हो ।
राष्ट्रिय सभाको आठौं अधिवेशन संघीय संसद् भवन बानेश्वरमा आज ४ बजेबाट शुरु हुँदै छ ।