काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक प्रारम्भ भएको छ । प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा शुरु भएको बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी गरिएको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जनाबाहेक सबैलाई डाकिएको छ । तर माधव समूहका नेताहरुको भने उपस्थिति रहेको छैन ।
नेकपा एमाले र माओवादी केन्द्रको एकता बदरबारे सर्वोच्च अदालतले गत फागुन २३ गते फैसला गरेपछि एमालेले महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीहरुलाई सदस्यमा परिणत गरिएपछि माधवकुमार नेपाल पक्षका नेताहरुले असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ ।