काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नु भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक असार १७ गते बिहीबार अपरान्ह ४ बजेका लागि आह्वान गर्नु भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
सरकारले आजै राष्ट्रिय सभाको वैठक बोलाउन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो ।
























