काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सर्वोच्च अदालतमा दर्ता गराएको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै एमालेले भ्याकेट निवेदन दर्ता गराएको थियो । निवेदनमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका प्रदेश सभा सदस्यलाई गरेको कारबाहीलाई सर्वोच्चले वदर गर्ने अन्तरिम आदेश दिएको थियो । एमालेबाट निर्वाचिन भएका ती प्रदेश सभा सदस्यलाई महाधिवेशन आयोजक समितिलाई कारबाही गर्ने अधिकार नरहेको आदेश अदालतले दिएको थियो । एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक समितिमा परिणत भएकाले कारबाहीलाई मान्यता दिन माग गर्दै एमालेले सर्वोच्चमा पुनरावेदन दर्ता गरेको थियो ।

























