काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुधबार उजुरी परेको छ।
ढुंगानाविरुद्ध आयोगमा उक्त उजुरी अनलाइनमार्फत दर्ता गरिएको जनाइएको छ । अध्यक्ष ढुंगानाले सेयरबजारका ठूला लगानीकर्तासँग आर्थिक लाभ लिनेदिने गरेको आरोपमा उजुरी गरिएको बताइएको छ । लगानीकर्ताहरुको साँठगाँठमा नै मंगलबार सेयरबजारलाई तलमाथि गराउन बोर्डले विज्ञप्ति जारी गरेको उजुरीमा बताइएको छ ।
मंगलबार बोर्डले ५१ वटा कम्पनी जोखिमयुक्त भन्दै नाम नै सार्वजनिक गरेको थियो । उजुरीमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा निकै बाधक बनेको र त्यसबापत पनि आर्थिक लाभ लिएको आरोप लगाउनुका साथै त्यसको छानबिनको माग गरिएको छ ।