काठमाडौं । वाग्मती प्रदेश सभाका नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको भनेर दिएको अभिव्यक्ति गलत भएको भन्दै माफी माग्नुभएको छ ।
उहाँले आज बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै आफूले बोलेका अभिव्यक्ति गलत रहेको स्वीकार गर्दै माफी माग्नुभएको हो । उहाँले आजको बैठक सुरु हुनासाथ रोष्टममा उभिएर पार्टीको निर्देशनअनुसार आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी माग्नुभएको हो । यसअघि नेपाली कांग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको तर्फबाट सामाजिक सञ्जालमार्फत् आत्मालोचना गर्दै अबिलम्ब माफी माग्न सांसद वैद्यलाई निर्देशन दिनुभएको थियो ।