काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा काँग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । कांग्रेसको महाधिवेशन कार्यतालिका फेरबदल गर्न कांग्रेस सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो ।
सभापति देउवा निवासमा दिउँसो २ बजे बैठक बोलाइएको नेता प्रकाश शरण महतले जानकारी दिनुभयो । आउँदो भदौ महिनामा महाधिवेशन गर्ने तयारी थाल्नुभएका सभापति देउवालाई कार्यतालिका फेरबदल गर्न पदाधिकारीहरुले सुझाव दिने स्रोतले बताएको छ ।