काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाएको वैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने बताइएको छ ।
प्रधानमन्त्री ओलीलाई सभामुखको तर्फबाट कुनै औपचारिक पत्र र बैठकबारे जानकारी नआएकाले बैठकमा सहभागी नहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको छ । विभिन्न मिडियाबाट बैठकको समाचारबारे जानकारी प्राप्त भएपनि आधिकारिक पत्र प्राप्त भइनसकेको उहाँले जानकारी दिनुभएको छ ।
यता, सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्योपानेले भने औपचारिक पत्र नेकपा (एमाले) पार्टी कार्यालय थापाथलीमा जेठ २६ गते पठाइएको बताउनुभयो ।
सभामुख सापकोटाले वर्तमान समसामयिक विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व रहेका दलका शीर्ष नेता, पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लाग्नुभएको बताइएको छ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक हुने बताइएको छ ।