सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका ८ पत्तालेको मूल सडकमा क्रेनले ३३ केभीको विद्युत लाईन छुँदा करेण्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
लोबेड गाडीमा सवार क्रेनले आज विहान ३३ केभिए प्रसारण लाईनमा छोएको थियो ।
मृत्यु हुनेमा लोबेड गाडी चालक बाग्लुङका २६ वर्षीय भूमिराज मरासिनि र क्रेन चालक स्याङजाका २४ बर्षिय राम परियार छन् ।
ग. १ ज. ५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य दुई जना घाइते भएको र घाइतेको उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
विगत केही वर्षयता निर्माणाधीन अवस्थामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको क्रेन मर्मत सम्भारका लागि लोबेड गाडीमा पोखरा लैजान लागिएको थियो ।
हाइटेन्सनको तार होचो भएका कारण क्रेनले छोएको र करेन्टका कारण गाडीमा आगो लागेको प्रहरीले जनाएको छ ।
























