काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय छलफल आज हुने भएको छ ।
संसद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे हुने सर्वदलीय छलफलमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत आमन्त्रण गरिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ । सल्लाहकार न्यौपानेका अनुसार सो सर्वदलीय छलफलमा सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीलाई समेत बोलाइएको छ । नेतालाई पठाइएको निमन्त्रणा पत्रमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनिए पनि यो भेलामा संसद विघटनपछि अब के कसरी अघि बढ्ने बारेमा बहस हुने आंकलन राजनीतिक वृत्तमा गरिएको छ ।