काठमाडौं । नवनियुक्त सूचना तथा सञ्चार प्रविधिमन्त्री नैनकला थापाले सरकारको प्रवक्ताको जिम्मेवारी पाउनुभएको छ । मन्त्रिपरिषद विस्तारपछि बसेको पहिलो बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । उक्त कुराको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभयो ।
यसअघि पनि सरकारले सञ्चारमन्त्रीलाई नै सरकारी प्रवक्ताको जिम्मेवारी दिँदै आएको छ ।