काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । आज साँझसम्म नयाँ मन्त्रीहरुको शपथ हुने सम्भावना रहेको एमाले स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीसँग अहिले आठवटा मन्त्रालय रहेका छन् ।
प्रधानमन्त्री ओलीले आज ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्ने बताइएको छ । उहाँले गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापासहित ८ मन्त्री नियुक्त गर्न लाग्नुभएको छ ।
त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडीको नाम तय भएको छ । रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैँले राख्नुभएको छ ।
त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहनुभएको जनाइएको छ ।