पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) सत्ता पक्षको साथ छाड्दै विपक्षकीको कित्तामा उभिनुभएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ उहाँले सत्ता पक्षको साथ छाड्नुभएको हो । यससँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ ।
१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै गर्दा सम्पर्कविहीन भएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाउनुभएको थियो । संविधानको धारा १६८९३० अनुसार फेरि मुख्यमन्त्री नियुक्त भएपछि पनि मुख्यमन्त्री गुरुङले सबै मन्त्रीलाई पुनः नियुक्त गर्नुभयो । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उहाँले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।