काठमाडौं । संसद विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीससमेतको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ सुरु भएको हो । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाउनुका साथै आइतबार र सोमबार प्रधानन्यायाधीश राणा बिरामी हुनुभएकाले इजलास स्थगित गरिएको थियो । सर्वोच्च अदालतका अनुसार सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको कुनै पनि धारणा नआएपछि बहस जारी रहेको छ ।