काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध अन्तरिम आदेश जारी गर्नुअघि छलफल गर्नुपर्ने भएकाले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
पुनर्गठनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कंचनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाहले राष्ट्रपतिको कार्यालय शीतल निवाससमेतलाई विपक्षी बनाई रिट दायर गर्नुभएको थियो । मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको विषयमा छलफल गर्न सर्वोच्च अदालतले दुवै पक्षलाई असार ८ गतेका लागि बोलाएको छ ।