काठमाडौँ । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक एकताका लागि ६ बुँदे प्रस्ताव गर्नुभएपछि सो विषयमा धारणा बनाउन माधव नेपाल समूहले आफू समर्थित केही सदस्यहरूको आकस्मिक बैठक डाकेको छ । नेपाल समूहका एक नेताका अनुसार बैठक आज (सोमबार) बिहान ११ बजे भर्चुअलमा रूपमा बस्ने भएको छ ।
पार्टी अध्यक्ष ओलीले आइतबार साँझ पार्टीलाई २०७५ जेठ २ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्नुहुँदै माधव नेपाल पक्षसमक्ष ६ बुँदे प्रस्ताव राखेर एकताका लागि अपील गर्नुभएको छ ।
उता पार्टी अध्यक्ष ओलीको प्रस्तावका विषयमा माधव नेपाल पक्षकै नेताबीच मत विभाजन देखिएको छ । एउटा पक्ष सहमति गर्नुपर्ने पक्षमा देखिएको छ भने अर्को यो धोका हो, विश्वास गर्नुहुँदैन भन्ने पक्षमा रहेको छ । आफ्नो समूहभित्रै फरकफरक धारणा आएपछि सामूहिक धारणा बनाउन आज नेपाल पक्षको बैठक बस्न लागेको बताइएको छ ।