काठमाडौं । नवनियुक्त उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेकाले आफूप्रति शंका–उपशंका नगर्न सचेत गर्नुभएको छ । मन्त्री भएलगत्तै शुक्रबार कार्यभार सम्हाल्दै उहाँले बहुल राज्यको कुरा उठाएपछि त्यसको देशभर चौतर्फी बिरोध भएको थियो ।
नवनियुक्त मन्त्री महतोले गए राति (शनिबार) एक प्रेस वक्तव्य निकालेर आफ्ना भनाइ बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार भएकोमा ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको छु । यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु ।
नवनियुक्त उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोद्वारा जारी प्रेस विज्ञप्ति :




















