काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि गरेको छ।
हिजो राति (शनिबार) १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो । आयल नियगमा प्रवक्ता विनितमणि उपाध्यायका अनुसार अहिले भएको मूल्यमा सबैमा दुई रुपैयाँ वृद्धि गरिएको छ ।
अब पेट्रोल १२५, डिजल १०८ र मट्टितेल ८० रूपैयाँ प्रतिलिटर पर्नेछ । पहिले पेट्रोल १२३, डिजल १०६ र मट्टितेल ७८ रूपैयाँ रहेको थियो ।




















