काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीले समी प्रजातिका बिरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गर्नुभएको हो ।
वातावरण दिवसका अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा समी, पारिजात, हर्रो, हलुवावेद, टिमुर लगायत ७५ प्रजातिका बिरुवा रोपिएको राष्ट्रपति कार्यालयका स्वकिय सचिव डा. भेषराज अधिकारीले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीले हरेक वर्ष विश्व वातावरण दिवसका अवसरमा विभिन्न प्रजातिका विरुवा रोप्दै आउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।