काठमाडौँ । आगामी राजनीतिक रणनीति बनाउन नेकपा एमाले माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । यसअघि दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको भर्चुअल बैठकपछि नेपाल पक्षले आज दिउँसो १ बजेका लागि स्थायी कमिटीको बैठक राखेको हो ।
नेपाल पक्षका एक नेताका अनुसार बैठकमा अब आगामी राजनीतिक यात्रा कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
नेपाल समूहभित्रै दुई धार देखिएका छन् । एउटा पक्ष– अन्तिमसम्म पार्टी एकताको प्रयत्न गर्नुपर्छ भन्दै मूल धारसँग वार्ता गरिरहेको छ भने अर्को पक्ष अब अलमलिने होइन, नयाँ पार्टी खोलेर अघि बढ्नुपर्छ भनिरहेको अवस्था देखिन्छ ।