काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
हिजो (बुधबार) का लागि पनि तय गरिएको एमाले स्थायी कमिटी बैठक गृहकार्य नपुगेको भन्दै आज ४ बजेका लागि तोकिएको थियो ।
प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा आज अपराह्न ४:०० बजे बस्ने बैठकमा पार्टीका केही असन्तुष्ट नेताहरुसँगको छलफल तथा त्यसको प्रगति र समसामयिक राजनीतिक अन्य विषयमा छलफल हुने जनाइएको छ ।
त्यसैगरी नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अहिले केही बेरमा भर्चुअल माध्यमबाट बस्ने बताइएको छ ।