काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक भोली अपरान्ह ४ बजेका लागि सारिएको बताइएको छ ।
नेता माधवकुमार नेपाल पक्षका केही नेताहरुसँगको आन्तरिक परामर्श र छलफल जारी रहेको तथा बैठकको अन्य एजेण्डाबारेमा आन्तरिक गृहकार्य पूरा हुन नसकेपछि भोलीका लागि बैठक सारिएको बताइएको छ ।