काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीभित्र उत्पन्न भइरहेका अस्वस्थ प्रतिस्पर्धा र मतभेद्का सन्दर्भमा छलफल भएको परराष्ट्रमन्त्री एवम् पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ ।
आज बसेको बैठकमा स्पष्टीकरण सोधिएका नेपाल पक्षका १२ जना नेताहरुमाथी कारबाही गर्ने सम्बन्धमा कुनै छलफल भएन बरु, पार्टी एकताका लागि हदैसम्म लचिलो बन्ने निष्कर्श निकालेबो बताइएको छ ।
बैठकमा कोभिड १९ को रोकथाम र नियन्त्रका बारेमा पनि छलपफल भएको र सर्वोच्च अदालतमा विचारधीन मुद्दाका विषयमा विपक्षीहरूबा भएका गतिविधका बारेमा पनि समीक्षाा भएको बताइएको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पनि स्पष्टीकरण सोधिएका नेताहरुले स्पष्टकिरण नबुझाएपनि उहाँहरु सम्पर्कमै रहनुभएको प्रतिक्रिया दिनुभएको छ ।
पार्टीबाट कोही पनि अलग नहुने गरि पार्टी थप पहल गरिरहेको तामाङले बताउनभएको छ ।
पार्टीको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका ५ –५ जना सदस्यहरु गरी स्थायी कमिटी सदस्य सुवाचन्द्र नेम्वाङको संयोजकत्वमा कार्यदल गठन भएको थियो । तर, कार्यदलका केह नेताहरुलाई पार्टीले कारबाही गरेका कारण त्यो कार्यदल पुर्नगठन हुनसक्ने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभएको छ ।