काठमाडौँ । नेकपा ९एमाले०ले स्थायी कमिटी बैठक आज डाकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ः०० बजे बैठक डाकिएको हो ।
बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
यसअघि बढेको स्थायी कमिटी वैठकले पार्टीहित विपरितका गतिविधि गर्ने र आफ्नो पार्टीको प्रधानमन्त्री हुँदाहुँदै विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ जना निवर्तमान सांसदहरुलाई स्पष्टिकरण सोधोको थियो । उनीहरुले स्पष्टिकरण नदिएका कारण आजको वैठकले उनीहरुका बारेमा निर्णय गर्न सक्ने स्रोतको दावी छ ।