काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नामाम सम्बोधन गर्नेहुनु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजेपछि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले सरकारका प्राथमिकता, नीति तथा कार्यक्रम र आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन गर्नुहुने बताइएको छ ।