काठमाडौं । चीन सरकारले नेपाललाई तत्काल कोरोना विरुद्धको १० लाख डोज खोप दिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज भएको टेलिफोन वार्ता लगतै चीनले नेपाललाई तत्काल १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने घोषणा गरेको हो । दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले भेरोसेल खोप उपलब्ध गराउने जानकारी दिनु भएको हो । चीनले यसअघि पनि ८ लाख डोज खोप उपलब्ध गराएको थियो ।