काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गरिएको छ । आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीचको छलफलले संस्थापन र असन्तुष्ट पक्षका पाँच/पाँच जना नेता रहेको कार्यदल गठन गरेको हो ।
कार्यदलमा संस्थापन पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने असन्तुष्ट पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् ।
कार्यदल विवाद समाधानको खाका बनाउन तीन दिनको समय दिइएको बताइएको छ ।