काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ।
उहाँहरुबीच बूढानीलण्ठस्थित व्यवसायी रामेश्वर थापाको घरमा वार्ता शुरु भएको बताइएको छ ।
चार नेतामाथिको कारवाही फिर्तापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहल सुरु गर्नुभएको हो ।
आजै बसेकोे स्थायी कमिटी बैठकले नेता नेपाल सहित चार नेताहरुलाई यसअघि गरिएको कारवाही फुकुवा गरेको थियो । बैठकले पार्टी र सरकारको सन्दर्भमा निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको छ ।