काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण गरिएको छ । त्यसका लागि प्रधानमन्त्री ओलीको थ्रोट स्वाब नमूना संकलन गरिएको छ । बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसद बैठक बोलाइएकाले यसअघि नै प्रतिनिधिसभा सांसदहरूको समेत कोरोना परीक्षण गरिएको थियो । अहिले सरकारका चार मन्त्री कोरोनाबाट संक्रमित भएर घरमा नै आइसोलेनमा रहनुभएको छ । कोरोनाबाट संक्रमित हुने मन्त्रीहरुमा संस्कृति पर्यटनमन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री मणि थापा, उर्जा मन्त्री टोप बहादुर रायमाझी र महिला बालबालिका मन्त्री जुली कुमारी महत्तो रहनुभएको छ ।

























