काठमाडौं। वाग्मती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका लागि मनोनयन दर्ता आज हुने भएको छ। आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तय गरेको जनाएको छ ।
वाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका लागि हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको हो । उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ ।
वाग्मती प्रदेशमा माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डा.खिमलाल देवकोटालाई अगाडि सारेका भएका छन् । उता एमालेले भने रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने बताए पनि निर्णय भने भइसकेको छैन ।