काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषद् बैठक डाक्नुभएको हो ।
मन्त्रिपरिषद् बैठक राख्नुअघि उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको थियो । यसअघि आइतबार र सोमबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । सो बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख परिवर्तन गर्ने र अध्यादेश जारी गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेको थियो ।