काठमाडौँ । कवि तथा समालोचक इन्द्र मालीको आज बिहान मुटुरोगबाट शहीद गंगालाल हृदय रोग प्रतिष्ठानमा निधन भएको छ ।
उनासी ७९ वर्षीय माली नेपाल भाषा एकेडेमीका संस्थापक सदस्य र सदस्य सचिव हुनुभएको थियो । उहाँ नेपाल भाषाका कोशकार तथा दोलखा भाषाका अध्येता पनि हुनुहुन्थ्यो ।
नेपाली भाषामा पनि कलम चलाउनुहुने उहाँका नेपाल भाषा र कवितासम्बन्धी थुप्रै कृति प्रकाशित छन् । नेपाल भाषामा हाइकु विधा भित्र्याउने श्रेय पनि उहाँलाई दिइन्छ । उहाँका श्रीमती, एक छोरा र दुई छोरी छन् । उहाँको आजै अन्त्येष्टि गरिँदैछ ।
























