काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड १९ बाट सङ्क्रमित हुने तीन लाख ५१ ह्जार पाँच जना पुगेका छन् । पछिल्लो चौबीस घण्टामा ५५ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहेको छ ।
त्यसैगरी काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
























