काठमाडौं । नेपालमा कोरोनाको संक्रमण तीव्रगतिमा फैलिएका कारण राष्ट्रिय जनगणना- २०७८ स्थगित भएको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तयारी गरिएको जनगणना स्थगित गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार एवम् सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभएको छ ।
उहाँका अनुसार कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएका कारण सरकारले राष्ट्रिय जनगणना स्थगित गरेको हो ।

























